
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको कार्यपालिकाले शिक्षा अधिकृत बोधराज पाठकलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।
बेनीघाट रोराङको शिक्षा शाखा प्रमुख पाठकले पालिकामा शैक्षिक गुणस्तरका लागि अहम भुमिका मात्रै खेलेनन्, कार्यसम्पादन पनि उत्कृष्ट थियो त्यसैले यो वर्ष कार्यपालिकाले उनलाई सम्मान गरेको पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरी) ले बाताए ।
उनैको पहलमा गाँउपालिकाले शैक्षिक दर्पण-२०७८ प्रथम पञ्चवर्षिय गाउँ शिक्षा योजना लोकार्पण भयो, दुरदरामा रहेका विद्यालयहरु सिधै सम्पर्कमा रहि रहने पाठकको बानी र लोभलाग्दो कार्य सम्पादनका कारण उनी सम्मानि भएका हुन्, अध्यक्ष डल्लोकोटी बताउँछन् ।
