नेपाल तेक्वान्दो संघ धादिङद्वारा पदक विजेता खेलाडी सम्मान

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३, २०७९

धादिङ । नेपाल तेक्वान्दो संघ धादिङले जिल्लाका ११ जना पदक विजेता खेलाडीहरुलाई आज एक समारोहको बीच नगद सहित सम्मान गरेको छ भने ३९ जना खेलाडीलाई डान प्रमाण पत्र प्रदान गरेको छ ।

जिल्ला अध्यक्ष प्रदिप गिरीको अध्यक्षमा भएको उक्त कार्यक्रममा नीलकण्ठ नरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले स्वण पदक विजेता खेलाडीहरु नगद ४ हजार र रजत र काँस्य पदक विजेता खेलाडरुलाई नगद ३ हजार सहित प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले आफ्नो कार्यकालको अवधिमा नीलकण्ठ नरपालिका हरेक वर्ष विभिन्न सूचाङ्कमा उत्कृष्ट बनेको बताएका थिए । नियमित बजेट बाहेक अरबौं बजेट नीलकण्ठमा ल्याउन सफल भएको भन्दै अझै केहि अधुरा काम भएकोले आफुले फेरि उम्मेदवारी दिने बताएका थिए ।

हरेक वडामा खेलकुदका पूर्वाधारहरु सुरुभएका छन् पूर्णता दिन बाँकी छन् । खेलका लागि होस् या पूर्वाधार निमार्णका लागि होस् नगरपालिकामा आएका प्रस्तावना कार्यान्वन हुन कुनै बाँकी नरहेको समेत दावी गरे ।

कार्यक्रममा २२ जनालाई प्रथम डान, १० जनालाई दोस्रो डान र ७ जनालाई थर्ड डानको प्रमाण पत्र प्रदान गरिएको थियो भने । यो वर्ष विभिन्न प्रतियोगितमा पदक विजेता खेलाडीहरु रुपेश तामाङ, सुप्रिमा बजगाई, अभिषेक डल्लाकोटी, आशिक गुरुङ, धनबहादुर गुरुङ, प्रमिता तामाङ, मनोज श्रेष्ठ, प्रमिला गुरुङ, पावल तामाङ, सुशान्त पाण्डे र प्रविन तामाङलाई सम्मान गरिएको थियो ।