एन्फा धादिङको अध्यक्षमा ३ जनाको उम्मेदवारी, निर्वाचन बैशाख ४ मा हुने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २, २०७९

धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङको बैशाख ४ गते हुने निर्वाचनका लागि अध्यक्षमा ३ जना, उपाध्यक्षमा ५ जना र सदस्यहरुमा ८ जनाको उम्मेदवारी परेको छ ।

एक अध्यक्ष पदका लागि नि. वर्तमान अध्यक्ष दिपक खतिवडा, दिवसशागर श्रेष्ठ र दिनेश रुपाखेतीको उम्मेदवारी परेको छ भने तीन उपाध्यक्ष पदका लागि जनक भुजेल, राजन भण्डारी, मनराज गोदार र सुरेश तामाङ र सुन्दर थापा गरी पाँचजनाको उम्मेदवारी परेको छ ।

यस्तै १० जना सदस्य चाहिनेमा ८ जना दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाश कुमार खरेल, पूर्ण बहादुर गुरुङ, उत्तम प्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापाको उम्मेदवारी परेको छ ।

मतदाता संख्या ११ रहेको एन्फा धादिङको यस निर्वाचनमा धुनीबेसी युवा समाज, इन्द्राणी युवा क्लव, गलौंदी युवा क्लव, धादिङ समाज धादिङ, अरुणेदय युवा क्लव, न्यु स्टार युवा क्लव, पञ्चकन्या युवा क्लव, विद्यार्थी उपकार संघ, भद्रकाली सामुदायीक विकास समाज, गजुरी सामुदायीक विकास समाज र ब्वाईज युनाईटेडबाट ११ जा प्रतिनीधिले मतदान गर्ने छन् ।