
धादिङ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बैशाख ३० गते हुन गहि रहेको स्थानीय चुनावलाई केन्द्रित गरेर बागमती प्रदेश स्तरीय खुल्ला निबन्ध लखन प्रतियोगिताको आयोजना गरेको छ ।
अनेरास्ववियु बागमती प्रदेशका अध्यक्ष सन्तोष राना क्षेत्रीका अनुसार ‘दलहरुको प्रतिवद्धता पत्र घोषणा पत्रमा समेटिनु पर्ने युवा विद्यार्थीको मुद्धा’ विषयमा खुल्ला निबन्ध लखन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा विजेताहरु प्रथमलाई २० हजार, द्वितियलाई १५ हजार, तृतियलाई १० हजार र सान्तोनालाई ५ हजार पुरस्कार प्रदान गरिने समेत उनले बताए ।
प्रतियोगिताबारे अनेरास्ववियुले जारी गरेको सूचना अनुसार उक्त निमन्ध लेखन प्रतियोगितामा माध्यामिक, स्नातक र स्नाकोत्तरका विद्यार्थीले भाग लिन सक्ने छन् । निबन्ध सकभर कम्पूटर टाईप गरि पठाउनु पर्ने र बढीमा २५ सय शब्दको हुनुपर्ने र बैशाख ८ गते सम्म पठाई सक्नु पर्ने बताईएको छ ।



























