
धादिङ । सरकार चुनाव केन्द्रीत छन्, दलहरु घोषणा पत्र लेख्न र उम्मेदवार छान्न व्यस्त छन् तर स्यामराङमा चुनावी कुनै गतिविधि छैन ।
३५ घर धुरी मध्य अधिकांश घर धुरी चेपाङका छन् । खोरीया खनेर बसेका उनीहरुको जग्गाधनी पुर्जा नहुँदा न भुकम्पको राहात पाए न जनता आवास कार्यक्रम अनिकालको चपेटामा रहेका उनीहरुको समस्या विगतका चुनावले हल गर्न सकेन ।
धादिङ र चितवनको सिमानामा रहेको राप्ती नगरपालिका १३ मा स्यामराङका अन्तरे प्रजाको ८ जनाको परिवार छ । ग्रमिण सडक खन्दा उनको घर जोखिममा पर्यो तर क्षेतिपुर्तिको पहल कतैबाट भएन् । उनको परिवार भोकमरीको अवस्थामा छ, तत्काल खाद्यान्न सहयोग गर्नु पर्ने अवस्थामा रहेको तिलक चेपाङले धादिङपोष्टलाई बताए ।









