नेत्रावती डबजोङमा प्रथम कृषि मेला तथा प्रदर्शनी

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २७, २०७८

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आार्थिक सहयोग तथा एकता बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा गाउँपालिका स्तरीय प्रथम कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ ।

स्थानीय कृषि उद्पादनलाई बजारीकरण र प्रवद्र्धनका लागि कृषि मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका खेलेको गाउँपालिका अध्यक्ष दुर्ग शाक्यले बताएको छ । उनले गाउँपालिकामा कृषिलाई व्यवसायी र कृषिमा आधुनिक उपकरण बढाउने विविध कार्यक्रम गरेको बताएका थिए ।

कार्यक्रममा कृषकहरुले आफ्नो स्थानिय स्तरमा उत्पादित कृषि उत्पादनहरु प्रदर्शन गरेका थिए । साथै प्रदर्शनमा सहभागि कृषकहरुलाई प्रमाणपत्रद्धारा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तील बहादुर तामाङ, वडा नं। ५ का वडाध्यक्ष डम्बर अधिकारी, समाजसेवी कृष्ण लामा, चन्द्र बहादुर अधिकारी लगायतले कार्यक्रममा शुभकामना ब्यक्त गर्नुभएको थियो ।