धादिङमा सत्ता गठबन्धनको बैठक सकियो

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको चुनावी रणनीति तय गर्न बसेको बैठकले वडा तह सम्म नै साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

धादिङका पालिका र १०४ वटै वडामा साझा उम्मेदवार उठाउने सहमती भयो र उम्मेदवार चयन र वडा र पालिका वाँडफाडको लागि आन्तरीक तयारी गर्न बैठकले ८ सदस्यीय कार्यदल बनाएको समेत बताईएको छ । बैठकले पालिका स्तरमा समेत कार्यदल बनाउने सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ । आन्तरिक तयारी पछि चैत २८ गते धादिङबेसीमा फेरि बैठक बस्ने बताईएको छ ।

आजको बैकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा सुरुभएको आजको बैठकमा नेपाली कांग्रेसका नेताहरु दिलमान पाख्रीन, भिम ढुंगाना, विश्व अर्याल, माओवादी केन्द्रका शालिकराम जम्कटेल, दलबहादुर बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, ईन्दिरा ढुंगाना र सुवास खतिवडा, जनता समाजवादीका राजु नेपाल, चम्पासिंह तामाङ, राम ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी सहभागी थिए ।