एमाले निकट अनेरास्ववियु धादिङको अध्यक्षमा रक्तिम रेग्मी चयन

Avatar photo
Dhadingpost
चैत्र २४, २०७८

बिजन रेग्मी
धादिङ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु धादिङको अध्यक्षमा गंगाजमुनाका रक्तिम रेग्मी चयन भएका छन् ।

अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यता तथा एमालेका केन्द्रीय सदस्य खेम लोहनीको विशेष आतिथ्यतामा आज सम्पन्न अनेरास्ववियु धादिङको भेलाले रक्तिम रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

भेलाले उपाध्यक्षमा कल्याण अधिकारी, सचिवमा श्याम लामा, सह सचिवमा रेशम श्रेष्ठ, विनिता अधिकारी र बाबुराम बस्नेत, कोषाध्यक्षमा कल्याण सेन्चुरी, संगठन विभाग प्रमुखमा गगन सिंह बस्नेत, प्रशिक्षण विभाग प्रमुखमा बिजन रेग्मी, महिला विभाग प्रमुखमा मन्जिता लोहनीलाई चयन गरेको छ ।

भेलामा अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष एवम अनेरास्ववियु बागमती प्रदेश कमिटी इन्चार्ज उमेश आचार्य, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्ष सन्तोष रानाक्षेत्री, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य सन्जय दुवाडी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।