
धादिङ । नेपाली कांग्रेस धादिङले स्थानीय चुनावमा सत्ता गठबन्धन सँग कसरी जाने भन्नेबारे राय लिन आयोजना गरेको पार्टी कमिटीको बैठकमा अधिकांश सहभागीहरुले एक्लै चुनाव लड्न दवाव दिएका छन् ।
भोली सत्ता गठबन्धन नीकट धादिङ कार्यदलको बैठकमा जानु अघि आज जारी कांग्रेसको उक्त बैठकमा आफ्नो धारण राख्ने अधिकांश सहभागीहरुले एक्लै चुनाव लड्न जिल्ला नेतृत्वलाई दवाव दिएको बैठकमा सहभागी एक नेताले बताए ।
जिल्लाका केन्द्रिय सदस्य, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्रीय सभापति एवं प्रदेश सभापति र गाउँपालिकाका सभापतिहरु उपस्थित उक्त बैठमा सहभागीहरुको भनाई राख्ने क्रम जारी रहेको बताईएको छ ।
केन्द्रमा कांग्रस र माओवादी बीच २०७४ सालमा जितेका ठाउँमा आफ्नै उम्मेदवारलाई पालिका प्रमुखमा उम्मेदवार बनाउने र एमालेले जितेको ठाउँ बाँडेर लिने सहमति भएको बताईको छ ।
