
धादिङ ।नेपाल कम्युनिष्ट पार्टी धादिङको चौंथो पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता जिल्ला सदरमुकाम धादिङबेसी स्थित सम्पर्क कार्यालयमा उक्त बैठक सम्पन्न भएको हो ।
र्बठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज आर्दशको प्रमुख आतिथ्यता र विशेष समिति सदस्य रामबहादुर श्रेष्ठको विशेष उपस्थित रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि आदर्शले पार्टी क्रान्ति प्रति प्रतिबद्ध रहेको र वैज्ञानिक समाजवादी राज्य व्यवस्था नै जनताको राज्य व्यवस्था भएकोले बाहिरी हल्लाको पछि नलागी पार्टीको केन्द्रीय नीति अनुरुप काम कारबाही अगाडी बढाउने बताएका थिए ।
राष्ट्रघाती एमसीसीका पक्षधर राजनैतिक दल, संघ संस्थालाई जनता माझ नाङ्गेझार पार्दै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्न जनतामा फर्किने स्थानिय निकायको चुनावमा पार्टी केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ला पार्टीले आफ्ना काम कारबाही अगाडी बढ्ने उनले बताए ।
उक्त वैठकले दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने र राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध अभियान चलाउने निर्णय समेत गरेको छ ।
