
धादिङ । एमाले प्रवेस गरेको २४ घण्टा नबित्दै माओवादी केन्द्र मै फर्किएका बेनीघाट गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले आज खुमलटारमा प्रचण्ड सँग भेटवार्ता गरेका छन् ।
मैले गल्ती गरैं, ‘परिबन्दमा परेर बालकोट गएको हुँ । फेरि फर्किएको छु, अब पार्टी जिताउने अभियानमा लाग्ने छु डल्लाकोटीले प्रचण्ड सामु बताएको सन्तोष डल्लाकोटीले धादिङपोष्टलाई बताए ।
हरि डल्लाकोटीको कुरा सुनि सकेपछि प्रचण्डले तपाईले विज्ञप्ती निकाल्नु भयो त्यो महत्वपूर्ण हो । स्थानीय चुनाव माओवादीले जित्नु पर्छ तपाईले पार्टी छाड्नु भयो भन्दा एक प्रकारको कौतुहलता पैदा भएको थियो त्यो विज्ञप्तीले अन्त्य गरिदिएको बताएका थिए ।
