
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ स्थित आदमटार सत्यवाति उच्च माध्यामिक विद्यालयमा एक महिने सौर्य उर्जा प्राविधिक तालिम सुरु भएको छ ।
बैशाख ७ गते सम्म उक्त सौर्य उर्जा प्राविधिक तह १ प्रशिक्षण ब्याबसायिक तथा सीप विकाश तालिम केन्द्र CTVT र TCN JV को सहकार्यमा जारी रहेको राजकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
२५ जना सहभागि तालिमा सोलार जडान तथा मर्मत, पंखा, बत्ती, प्रोजेक्टर, ल्यापटप आदि उपकरणहरुको विषयमा अभिमुखिकरण गराईने आयोजकले जनाएको छ ।
