
धादिङ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचन आयोगको कार्यशैलिले निर्वाचन निपक्ष हनेमा आशंका पैदा गरेको बताएका छन् ।
प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारहरुको जिज्ञासालाई उत्तर दिँदै नेता बादलले स्थानीय निर्वाचन भय रहित र निश्पक्ष हुनेमा आशंका छ, आयोगले विवादका बीच मत पत्रको रंग समेत परिवर्तन गरेको बताएका हुन् ।
एमाले जनादेशको पक्षमा छ, जनादेशबाट डराउनेहरु परमादेशबाट सत्तामा छन्, निर्वाचन कसैले टार्न नसक्ने भएपछि अबैध गठबन्धन गर्दै एमाले विरुद्ध लाग्ने सुनिन आएको बताउँदै उनले एमाले जनताबीच एक्दै जाने बताएका हुन् ।
