नेकपा (एस) गंगाजमुनाको अध्यक्षमा ऐलीजर तामाङ चयन

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

धादिङ । नेकपा (एकीकृत समाजवादी) गंगा जमुना गाऊँपालिकाको अध्यक्षमा युवा नेता ऐलीजर तामाङ चयन भएका छन् ।

पार्टीका केन्द्रिय उप महासचिव एवम् पूर्व मन्त्री गंगालाल तुलाधरको प्रमुख आतिथ्यामा आईतबार सम्पन्न उक्त गाउँपालिका कार्यसमिति घोषणा भेलाले अध्यक्षमा ऐलीजर तामाङ र सचिवमा सचिपमा बुद्धि घले गरी ५२ सदस्यीय पालिका कमिटी घोषणा गरेको हो ।

उक्त भेलामा ३ दर्जन भन्दा बढी एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको बताईएको छ ।