धुनीबेसीको जयसिद्धी ढुङ्गा खानीले स्व. शैलेसको परिवारलाई २५ लाख क्षेतिपुर्ति

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २०, २०७८

धादिङ । धुनीबेसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग खानीले स्व. शैलेस तामाङको परिवारलाई क्षेतिपुर्ति २५ लाख दिने भएको छ ।

उक्त ढुङ्गा खानीमा पहिरो खस्दा शुक्रबार बेलुका ४ बजे स्थानीय शैलेस तामाङको मृत्यु भएको थियो । मृतकका आफन्तले माग गरे अनुरुप २५ लाख क्षेतिपुर्ति र काज किरिया खर्च १ लाख ५० हजार र बाल बच्चालाई हेर्ने गरी मासिक १५ हजार दिने जय सिद्धी गणेश रोडा ढुङ्गा उद्योगले जनाएको छ ।

मृतक शैलेश तामाङका ३ महिना बालक वाङ्गतेन तामाङ, र १७ महिने बालक याङचु तामाङ र श्रीमती विमला तामाङ र बहिनी रजनी तमाङलाई ज्याला मजदुरी गरेर पालन पोषण गर्दै आएका थिए ।