सहिदको नामबाट नामाकरण गरिएको सडकको नाम स्थानीयले मेटिदिए

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १९, २०७८

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ८ स्थित बागवानी धार्के जोड्ने सडकको नाम वाड कार्यालयले माओवादी जनयुद्धका सहिद बैकुण्ठ रेग्मीको नामबाट राखेपछि स्थनीयहरुले उक्त नाम मेटेर बागवानी धार्के सडक राखेका छन् ।

०५० सालमा स्थानीयहरुले श्रमदानबाट बनाएको सडक आज एका एक स्थानीयलाई नसोधी वडाले नाम किन फेर्यो ? यस विषयमा वडा अध्यक्ष ज्यू सँग जिज्ञासा राखेका थियौं ? चुनाव आयो यो सामान्य कुरा नउठाउन भन्ने आदेश आएपछि आफ्नै नेतृत्वमा गएको स्थानीयले वडाले राखेको बोर्डको नाम मेटेर पुरा नै नाम राखिएको दिनेश रुपाखेतीले बताए ।

हामीले यस विषयमा वडा अध्यक्ष रामकृष्ण रेग्मी सँग वडाले राखेको बोर्डको नाम मेटिएछ अब के हुन्छ त भनेर सोद्धा उनी भन्छन् । सहिदको नामबाट त्यो सडकको नामाकरण गर्ने निर्णय माओवादीले गरेपछि बोर्ड राखिएको हुन सक्छ । वडाले निर्णय गरेको होकि हैन म बुझेर भन्छु भन्ने प्रतिक्रया दिए ।