किबो बोर्डिङद्वारा प्रदेश विजेता प्रमिता तामाङलाई सम्मान

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १४, २०७८

धादिङ । धादिङबेसी स्थित पुछारबजारमा रहेको किबो बोर्डिङले तेक्वान्दोमा बागमती प्रदेश विजेता प्रमिता तामाङलाई नगद ५ हजार सहित सम्मान गरेको छ ।

नुवाकोटको श्री ग्राम सेवा तेक्वान्दो डोजाङले म्यागङ गाउँपालिका ५ सामरीमा आयोजना गरेको प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक र बागमती प्रदेश सरकारको आयोजनामा भएको प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा अन्तरगत तेक्वान्दोमा तृतिय प्रमिता तामाङलाई किबो बोर्डिङले आज नगद सहित सम्मान गरेको हो ।

किबो बोर्डिङमा ९ कक्षामा अध्ययनरत उनले ५३ केजी उमेर समुहमा भाग लिईदै विजेता बनेकी थिईन । हाम्रो विद्यालयबाट दुई जना विद्यार्थीहरु जिल्ला छनोट हुँदै प्रदेश खेलेका थिए । प्रमिता तामाङलाई आज सम्मान गरियो भने धादिङ क्रिकेट टिमबाट खेलेका सुजित श्रेष्ठ धादिङ बाहिर भएकोले पछि सम्मान गरिने प्रिन्सिपल प्रयास रेग्मीले धादिङपोष्टलाई बताए ।