
धादिङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धादिङमा २ लाख ६८ हजार ४७२ जना मतदाता कायम भएको छ । निर्वाचन आयोगको बैठकले सार्वजनिक गरेको मतदाता नामावली अनुसार धादिङमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ०४० महिला र अन्य १ गरि २ लाख ६८ हजार ४७२ जना मतदाता भएको हो ।
धादिङका १३ वटै पालिकामा निर्वाचन तोकिएका छन् भने मतदान स्थल १०९ मतदान केन्द्र ३०३ हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
धादिङको कुन गाउँपालिकामा कति मतदाता

धादिङको नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको जिम्मा जिल्ला न्यायधिस रमेश प्रसाद ज्ञवालीले जिम्मा पाएका छन् भने धुनीबेसीको निर्वाचन अधिकृत बनेर सर्वोच्चका इजलास अधिकृत राजकुमार आचार्य आउने भएका छन् ।
यस्तै खनियाबासमा योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुनामा मालपोत धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरीमा प्रधानमन्त्री कार्यालयका उप सचिव चक्रपाणि शर्मा, गल्छीमा समाजिक विकास मन्त्रालयका अधिकृत यस अघि धादिङमा जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरि सकेका दिपेन्द्र सुवेदी निर्वाचन अधिकृत तोकिएका छन् ।
त्यसैगरी ज्वालामुखीमा सम्पत्ति सुद्धिकरण विभागमा कार्यरत उप सचिव हिरामणि सुवेदी, थाक्रेमा संघिय मामिला मन्त्रालयमा कार्यरत उप सचिव महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरीमा उपन्यायाधिवक्ता गोपाल लामिछाने, नेत्रावती डवजोङमा वैदेशिक रोजगार न्यायधिकरणका रजिष्टार आनन्दराज पन्त, बेनीघाट रोराङमा उपन्यायाधिवक्ता खेमराज पाठक, रुबीभ्यालीमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेकमा जिल्ला अदालत धादिङका स्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा तोकिएका छन् ।
