धादिङका हरि प्रसाद सिलवाल प्रगतिशील लेखक संघ बागमतीको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
चैत्र १३, २०७८

धादिङ । प्रगतिशील लेखक संघ (प्रलेस) बागमती प्रदेशको दोस्रो अधिवेशनबाट धादिङका डा. हरि प्रसाद सिलवाल अध्यक्षमा चयन भएका छन् ।

शनिबार सम्पन्न दबागमती प्रदेशको दोस्रो अधिबेशनले समालोचक, निबन्धकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक धादिङका सिलवालको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

अधिवेशनले कार्य समितिमा उपाध्यक्षद्वय जेठा वैरागी,राधिका गेलाल, सचिवमा सुन्दर शिरीष, सहसचिवमा भीष्म जोशी, कोषाध्यक्षमा भैरवी भूगोल, सदस्यहरुमा सरोज घिमिरे, दिलबहादुर पौडेल, प्रभाती किरण, राजेश्वरी खनाल, छवि खनाल, सुगीता शाह, प्रदीप प्रधान, डी.वी. बर्तौला, अगिव वनेपाली, यमुना प्रधानाङ्ग ‘मुना’, केशवप्रसाद न्यौपाने‘मार्मिक’, लीलाराज दाहाल, सुशीला शर्मा, दीपसागर पन्त र हिरामन वललाई चयन गरेको छ ।

निवर्तमान अध्यक्ष जगतप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रलेस केन्द्रीय कमिटीका महासचिव समिर सिंहको प्रमुख अतिथि र माक्र्सवादी चिन्तक गोपीरमण उपाध्यायको विशेष अतिथ्यता रहेको थियो ।