बिदाङको कालिका माविमा बाल पुस्तकालय उद्घाटन

Avatar photo
Dhadingpost
चैत्र १२, २०७८

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ बिदाङमा रहेको कालिका माध्यमिक बिद्यालयमा बाल पुस्तकालय उद्घाटन गरीएको छ ।

बाल पुस्तकालय उद्घाटन गर्दै बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले विद्यालयमा पुस्तकालय स्थापनापछि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्नेबताए । विद्यार्थीको सिकाई उपलब्धीमा सुधार, अध्ययन गर्ने बानीको बिकास हुनुका साथै बाह्य ज्ञानमा समेत बृद्धि हुने अध्यक्ष डल्लाकोटीले बताए ।

कार्यक्रममा चाईल्ड फण्ड जापानका देशिय प्रमुख हिरोयुकी ताकिताले बिद्यालयका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धिमा सहयोग गर्ने उदेश्यले स्थानीय साझेदार प्रयास नेपाल मार्फत पुस्तकालय स्थापनामा सहयोग गरिएको र यसरी धादिङ जिल्लाको दणिणी बिकट भौगोलिक स्थानका बालबालिकाहरुको लागि सहयोग गर्न पाएकोमा खुशी लागेको बताएका थिए । देशिय प्रमुख हिरोयुकी ताकिताले पुस्तकालयको माध्यमबाट पनि बालबालिकाहरुको शैक्षिक विकास भुमिका हुने भएकोले बालबालिकाहरु सहज रुपमा पुस्तकालयमा पहुँच बढाउन बिद्यालयले बिशेष ध्यान दिने समेत उनले बताए ।

प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यार्थीहरुको शैक्षिक उपलब्धी बृद्धि गर्न पुस्तकालयले थप सहयोग पुर्याउने, पुस्तकालयको व्यवस्थापन, महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्यपुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनुपर्ने भन्दै नियमित प्रयोग र दिगोपनामा ध्यान दिन आग्रह गरे ।

शुक्रबार उद्घघाटन भएको पुस्तकालयमा २ हजार ४ सय ६४ पुस्तक रहेका छन् । उक्त पुस्तकालयबाट विद्यालयमा रहेका ३ सय ५२ जना विद्यार्थी र १२ जना शिक्षक लाभान्वित हुने कार्यक्रम संयोजक ज्ञवालीले बताए । ७५ प्रतिशत भन्दा बढी चेपाङ समुदायको बालबालिका अध्ययन गर्ने कालिका माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना पछि अभिभावक , शिक्षक तथा बिद्यार्थीहरु खुशी भएका सुमित्रा चेपाङले बताईन् ।

बालबालिकाहरुले बिविध सांस्कृतिक कार्यक्रम प्रस्तुति सहित भएको कार्यक्रममा कालिका बाल क्लबका उपाध्यक्ष देबराज श्रेष्ठ र सचिव रेश्मा चेपाङले कालिका माध्यमिकमा पु्स्तकालय स्थापनाले बालबालिकाहरुमा हुने फाईदा र पुस्तकालय व्यवस्थित रुपमा संचालनमा बालक्लबको भुमिकाको बारेमा भनाइ राखेका थिए ।