धादिङमा राप्रपा र हाम्रो नेपाल हामी नेपाली अभियान बीच समायोजन

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ९, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ र यस अघि ज्ञानेन्द्र शाहीको नेतृत्मामा रहेको हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक रहेका धादिङका अभियान्ताहरु बीच समायोजन भएको छ ।

राप्रपा बागमती प्रदेश उपाध्यक्ष बुद्धि बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको जिल्ला समायोजन कार्यक्रम लग्गतै उक्त अभियानबाट राप्रपामा समाहित भएकाहरुलाई राप्रपा धादिङको मानार्थ अध्यक्ष र आध्यक्षले स्वागत गरेका थिए ।

जिल्ला उपाध्यक्ष श्यामसिं ठकुरीका अनुसार प्रमुख अतिथि तामाङ, जिल्ला अध्यक्ष ध्रुव खनाल लगायतका नेताहरुले समायोजनमा आएका अभियान्ताहरुलाई खादा र टिका लगाईदिएका थिए ।