सामुहिक कृषिमा लाग्न भुमि त्रिपाठीको आग्रह

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७८

धादिङ । नेकपा एमाले अध्यक्ष भुमि त्रिपाठीले अगुवा किसानहरुलाई सामुहिक रुपमा कृषि कर्ममा लाग्न आग्रह गरेका छन् ।

अखिल नेपाल किसान महासंघको सातौ जिल्ला सम्मेलन धादिङबेसिमा उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीले
नदी किनार क्षेत्रमा तरबुजा खेतीगरि विदेशी आयात रोक्न सकिने समेत बताएका थिए ।

कार्यक्रममा राज्यले दिने अनुदान आधारभुत किसानसम्म नपुगेकोले नितिगत रुपमा किसानमुखि बनाउन पैरबी गर्नुपर्ने नेकपा एमाले उपसचिव राधिका सापकोटाले बताईन् र
उहाले कृषिउपजको बजारिकरण र उपयुक्त कृषि नितिका लागि पहल गर्न आग्रह गरिन् ।

अखिल नेपाल किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा किसानहरुको सहभागिता रहेको थियो ।