साउदीका विदेश मन्त्री राजकुमार आज नेपाल आउँदै

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७८

काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

नी नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । साउदीका परराष्ट्रमन्त्री साउदले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै भेटवार्ता गर्ने र अन्तिममा समकक्षी परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना समकक्षीका लागि चैत १ गते बैठकका साथ उनको प्रतिनिधिमण्डलको सम्मानका लागि दिवाभोजको आयोजनासमेत गर्ने जनाइएको छ । साउदीका परराष्ट्रमन्त्रीको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहने बताइएको छ । हाल दक्षिण एसियाली मुलुकको भ्रमणका रहेका मन्त्री साउद नेपाल भ्रमणमा पनि आउन लागेका हुन् । उक्त भ्रमणका क्रममा (हिजो) आइतबार श्रीलंका आइपुगेको जनाइएको छ ।

उनी श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार (आज) अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने जनाइएको छ । उनलाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ । उनको भ्रमणका क्रममा नेपालले एक सम्झौतामा हस्ताक्षर गर्ने र दुई नेपालीलाई आम माफी दिन आग्रह गरिने जनाइएको छ ।

मन्त्री साउद र नेपाल सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको हो । उक्त सम्झौतामा हस्ताक्षर गर्न गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरिसकेको छ । त्यस्तै परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदसँग मृत्युदण्डको सजाय दिने फैसला भएका दुई नेपालीलाई आम माफी दिन आग्रहसमेत गरिनेछ ।

ती नेपालीहरु हाल मृत्युडण्ड कुरेर फरक फरक जेलमा बसेका छन् । शनिबार मात्रै साउदी अरबले एकै पटक ८१ जना व्यक्तिलाई फरक फरक मुद्धामा मृत्युदण्डको सजाय दिएको बताइएको छ ।