धुनीबेसीको लामागाउँमा रहेको ढुंगाखानी, नेकपा क्रान्तिकारीद्वारा कब्जा

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २७, २०७८

धादिङ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले धुनेवेशी नगरपालिका वडा नम्बर १ स्थित लामागाउँमा रहेको अवैध ढुंगाखानी कब्जा गरिएको जनाएको छ ।

पार्टीको मध्य केन्द्रीय कमाण्डको इन्चार्ज बताउने हिक्मतले विज्ञप्ती जारी गर्दै अवैध रुपमा चलेको ढुंगाखानी बन्द गरिएको जनाएका हुन् । स्थानिय सरकारलाई जनताले पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि पार्टीले बन्द गराउनु परेको विज्ञप्तीमा उल्लेख छ ।

जारी विज्ञप्ती अनुसार संचालकहरु सानु तामाङ, कृष्ण तामाङ र सुजन तामाङलाई लगायत तस्करहरुलाई उत्खनन् बन्द गरि उक्त पार्टीको जनअदालतमा हाजिर हुन सुचित गरिएको छ ।