अमृतको आक्रोस, सेटिङमा कृषि अनुदान झ्वाम

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २७, २०७८

नुवाकोट । मजुवादेबी कृषि फर्म नुवाकोटका संचालक अमृत तिवारीले हाल ३ सय भन्दा बढी उन्नत जातका बाख्रा पालन गर्दै आएका छन् । सरकारी अनुदान वास्तविकहरुले नपाउने र सेटिङमा वितरण हुने गरेको बताएका छन् ।

उनले आफ्नो फेसबुकमा नुवाकोटका हेहि सरकारी अड्डाका व्यक्तिहरुको समेत नाम सार्वजनिक गर्दै सेटिङमा नअनुदान वितरण हुनेगरेको बताएका छन् । उनले अख्तियारमा मुद्दा दर्ता गराउन के कसरी सकिन्छ होला भनेर समेत सुझाव मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, मैले ९ वर्ष भएछ यिनिहरुको गतिविधि हेरेको युवा स्वरोजगार झ्वाम, गोठ सुधार झ्वाम, प्याक्टको झ्वाम, मिसन झ्वाम तलब पनि खाकै छ्न, तैपनी बाख्रा मर्दा सिफारिस शुल्क 200-300 झ्वाम बिना रसिद, बाख्रा जन्म कुण्डलिमा बनाउदा पनि झ्वाम, जता पनि झ्वाम जता पनि झ्वाम, सार्बजनिक सुनुवाइ कार्यक्रममा 12-14 जना राख्ने, बिमा कर्जा किसान सगको कार्यक्रममा 3 जना किसान नबोलाउने, कार्यक्रम भत्ता कति झ्वाम, कति झ्वाम ।