
धादिङ । वागमती प्रदेशका मुख्यमन्त्रीराजेन्द्र प्रसाद पाण्डेको सल्लाहकारमा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश विकल्प नियुक्त भएका छन् ।
‘स्मार्ट सरकार’ बनाउने लक्ष्यअनुरूप मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघि सारेको वडातहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउन विकल्पसहित केही विज्ञलाई सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने प्रकाशले बताएका छन् । प्रकाशले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका छन् ।
