जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु लगाएतका स्थानबाट सेन्टरको नाममा ठगिमा सक्रिय ब्यक्तिहरुलाई कारबाहीको लागि पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले दिएको जानकारी विवरण
• उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको ।
• फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको ।
• कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको ।

पक्राउ परेका व्यक्तिहरु
१.जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।
२.जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६ घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।
३.जिल्ला लमजुङ दुधपोखरी गा.पा. २ घर भई हाल का.जि. तारकेश्वर न.पा. जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।
४.जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक वर्ष २३ को विवेक यादव ।
५.जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा ‍नं. ३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक वर्ष २८ का अश्विन राई ।
६.जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।
७.जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने ।
८.जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।
९.जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।