दार्खा सिङगाङमा चैत १ गते बाट भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २३, २०७८

धादिङ । खनीयाबास गाउँपालिकाको सिङगङ एकता समाजले चैत १ गतेबाट गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

चैत ५ गते सम्म चल्ने उक्त पुरुष भलिबाल प्रतियोगिताको लागि टिम दर्ता गराउन सिङगङ एकता समाजले सूचना समेत जारी गरेको छ ।

प्रथम द्धितिय र तृतिय क्रमस ६० हजार, ३० हजार १० हजार र उत्कृष्ट खेलाडीलाई ३ हजार पुरस्कार दिईने उक्त प्रतियोगिता खनीयाबास ३ सिङगाङ खेल मैदानमा हुने बताईएको छ ।