
धादिङ । बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत सक्षमता मापनमा बेनी शिक्षा सदन प्रथम भएको छ ।
बेनीघाट रोराङमा रहेका आधारभुत तह (कक्षा ६–८ सम्म) विद्यालयहरु मध्य सक्षमता मापनमा बेनी शिक्षा सदन प्रथम भएको गाउँपालिका शिक्षा शाखाले जनाएको हो ।
बेनी शिक्षा सदन गाउँपालिकाकै पहिलो हुन सफल भएको छ र बिद्यार्थी तर्फ पनि पहिलो अर्पन ढकाल र पृन्सी कडेल तृतीय स्थान हासिल गर्न सफल भएको छ , पुरस्कृत विद्यार्थीलाई गाउँपाकिला अध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए ।
