रुसी कब्जामा खेअरसन, मारिउपोल घेराबन्दीमा

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २०, २०७८

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन् ।

ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको बीबीसीले जनाएको छ । अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन् ।

किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन् । युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ ।

युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाको घेराबन्दीका कारण त्यहाँ दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न भएको बताएका छन् ।