
धादिङ । धादिङबेसीमा वृहत सांस्कृतिक कार्यक्रमको साथमा विहिबार २८५८ औं सोनाम ल्होछार मनाईएकाे छ ।
सोनाम ल्होसारको अन्त्य गर्दै ग्याल्पो ल्होसारको सुरुवात भएकाे अवसरमा म्हेन्दोमाया कलाकार संघ धादिङले बृहत सांस्कृतिक कार्यक्रम कार्यक्रम साथ ल्हाेछार मनाएको हाे ।
धादिङबेसी स्थित खुल्लामञ्चमा भएकाे उक्त कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु युवि मङ्ग्रेसा, रमला पाख्रिन, रोसन फ्युुवा, मनमाया वाइबा, आरम्भ तामाङ, डोल्मा मनाङ थेन, आरवि लामा वाङ्देन, फुुर्वा लामा जयबिर तामाङ लगायतका कलाकारहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूूर्व कानुुन राज्यमन्त्रि दिलमान पाख्रिनको प्रमुुख अतिथ्य तथा पुर्व पर्यटन राज्य मन्त्रि परशुराम तमाङको विशेष आतिथ्य रहेको थियो ।
