
धादिङ । सहिद स्मृति प्रतिष्ठान धादिङको आयोजनामा धादिङको थाक्रे गाउँपालिका ६ स्थित महादेवबेसीमा बुधबार २६ जनाले रक्तदान गरेका छन् ।
सहिद सप्ताहको अवसरमा प्रतिष्ठानले गरेको रक्तदान कार्यक्रममा २ जना महिला र २४ जना पुरुष गरि २६ जनाले रक्तदान गरेका हुन् ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।
चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।
