गुम्दीमा किसानहरुले सामुहिक खेती गर्दै

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७८

धादिङ । धादिङको गाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका किसानहरुले सामुहिक खेती सुरु गरेका छन् ।

जुनकिरी स्वाबलम्भी महिला समुहमा आवद्ध ३० जना किसान मिलेर गुम्दी गुरुङ गाउँमा सामुहिक प्याज खेतीको सुरु गरेका हुन् ।

एक्लै खेति गर्दा खेताला नपाईने र थोरै आम्दानि भई खर्च बढ्ने भएकोले समुहको सदस्यहरुको फाईदाका लागि सामुहिक खेति गरिएको उनीहरु बताउँछन् ।

समुहका सदस्यहरु मिलेर १४ हजार प्याजको बिरुवा सारिएको सामुदायिक सहजकर्ता शर्मिला गुरुङले बताईन् । यस्तै भुमेस्थान स्वावलम्बी समुहमा आवद्ध ३४ जना किसानहरुले छेलाङमा सामुहिक रुपमा आलुको आलु खेती गरेका छन् ।