सिद्धलेकमा शिवरात्रीको अवसरमा भव्य मेला

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७८

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक मन्दिर परिसरमा मंगलबार शिवरात्री मेला सम्पन्न भएको छ । सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव नाम दिईएको उक्त मेला सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजनामा भएको हो ।

कार्यक्रमको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले उद्घाटन गर्नुभएको थियो । सिद्धलेक ढेवाडाँडा समाज नेपालका अध्यक्ष दिल नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सिलवालको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, रिता रावत, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारले सांस्कृतिक प्रदर्शन गरेका थिए।मन्दिर दर्शन सँगै धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव अवलोकनको लागि दर्शनार्थीहरुको निकै भिड लागेको थियो ।

जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।