राष्ट्रघाती को हो ? जनता कि नेता ?

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १५, २०७८

आफू जस्तै २/४ जना बुढा बा हरु भेला भएर चौतारीमा बाघचाल वा लुडो खेलेर बस्नुस बा ! यो घर गृहस्थी हामी समाल्छौ भनेको पनि धेरै बर्ष हुन लाग्यो न बा को ग्रहस्थिमा छोराछोरी खुसि छन न बुढा नेताहरुले चलाएको राज्यमा जनता खुसी छन बुढा गोरुले दहाई हुने भए बाछो किन चाहिन्थ्यो ? बूढो रुखको फल पनि देखेकै छौ । सन्यासी जीवन बिताउनै पर्छ भनेर शास्त्रमा त्यसै लेखिएको हैन ।

गाई ओगटेर बस्ने गोरुलाई बाधेर घाँस नहाले सम्म युवा शक्ति सिथिल हुँदै बिरक्तिएर जवानी बितेपछी देश न समाज बनेन भनेर गुनासो गरेर मात्र हुदैन । हामी मात्र देशको नेता हौ भनेर बर्बादिमा देश धकल्ने नेताहरुले दिमाग सेलाउदै भुत्ते हुँदै गएको कुरा बुझेर सम्मान जनक विश्राम गर्नु सवैको लागी हितकर हुन्छ ।

काम गर्न नसक्ने उमेर भनेर अवकाशको ब्यबस्था छ, काम गर्न नसक्ने भनेर नै वृद्ध भत्ताको व्यवस्था गरेको हो भने सत्ताको लोभमा आफ्नो भाबी पुस्तालाई बिदेशमा सुरक्षित अवतरण गरि हामी बनाउछौ देश भन्दै देशको भबिस्य माथी खेलवाड गर्ने नेतहरुको छानबिन गरि तीन पुस्तासम्मलाई कारवाहीको लागि नेपाली जनताले युवा पुस्तालाई अवसर दिनु पर्छ । संस्कृति, सस्कार परम्परा विधि बिधान त्यसै बनाइएका हैनन, भत्ता बुझे पछि जनप्रतिनिधि हुन नमिल्ने हुनुपर्छ ।

यसो बोलेको सुन्यो भने बोलिको ठेगान हुदैन यसो गर्यौ उसो गर्यौ भन्छन गरेको कामले देश र जनताको लागि फाइदा भयो कि घाटा बुझ्न सक्ने क्षमता हुदैन । देशमा चाहिने सबै सामग्री आयात गरिन्छ, उद्योग धन्दा सबै बन्द गरेर बिदेश बाट आयात गरिएको छ, रोजगारी छैन, बौद्धिक युवा शक्ति बिदेशको कब्जामा छ ।

समाजमा अशिक्षित मुर्ख जति सबै देश बनाउने भन्दै रातारात राज्य चुसेर कमाउन मस्त छन । सबै खाले अराजकताको संरक्षण गर्ने मुख्य नाइके भनेकै पार्टीको नेताहरु हुन्छन । अनि उनीहरुको मुख्य भुमिका भनेको बिदेशीको इशारामा बिदेशीको लगानिमा देशमा द्वन्द सृजना गर्ने र मौका मिले देशनै बेच्न पनि पछी नपर्ने रहेछन भन्ने कुरा एम सि सि ले देखाएको छ ।

राष्ट्रघाती सन्धी रहेछ भन्ने कुरा पढ्न र बुझ्न सक्ने क्षमता नहुनेले हस्ताक्षर गरेर देशमा गृह युद्ध मच्चाउनेहरु सबै सजायको भागेदार हुन । आफुले नबुझेपछी बुझ्नेलाई उल्था गर्न लगाउन पनि लाज लाग्ने खुसुक्क मैले गरे जे पनि ठिक अरुले गरे सबै बेठिक भन्ने चेतना भएका नेता जति सबै राजनीतिबाट निस्कासन गर्न सक्ने चेतना जनतामा हुन अति आवश्यक छ ।

देशमा अहिले रसीया र युक्रेनको अवस्था सृजना गर्न खोज्ने नेता चिनेर भ्रम छरेर जनतालाई बिदेशीको गुलाम बनाउने र आफुहरु जनताको रगत पसिनामा मोजमस्तिमा जीवन बिताउने र कयौ पुस्तालाई पुग्ने सम्पती देश बिदेशमा थुपार्ने नेताको पछि लाग्ने, त्यस्तो नेताले जे भन्यो त्यही सहि हो भन्ने स्वबिबेक नभएका हरेक नेपाली राष्ट्रघाती हो । आफू कति राष्ट्र घाती हो भन्ने कुरा राम्ररी चिनेर बसौ ! त्यो दिन आउछ, आफुले गरेको कुकर्मको सजाय भोग्न तयार भएर बस्नु, भ्रम नछरौ सजाय भोग्नै पर्छ ।