
धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित नौबिसे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवाको शुभारम्भ भएको छ ।
विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवाको शुभारम्भ भएसँगै अब हरेक हप्ताको शुक्रबार जनरल फिजिसियन, बालरोग तथा स्त्री रोग सेवा सञ्चालन हुने स्वास्थ्य चौकीले जनाएको छ ।
धुनीबेसी नगरपालिकाको आयोजना तथा मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भुको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सकिय स्वास्थ्य सेवा सञ्चालन सुरुभएको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताएका छन् ।