धुनीबेसीको महादेवस्थान माविमा फुड फेस्टिवल

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १४, २०७८

धादिङ । धु्नीबेसी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिवलको आयोजना गरेका छन् ।

पेशा, व्यवसाय र प्रविधी शिक्षा विषय अन्तर्गतका विद्यार्थीहरुको सिकाई अभिवृद्धीका लागि मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताए । यो विद्यालयको नियमित कार्यक्रम हो प्रत्येक वर्ष यो कार्यक्रम हुने गर्छ उनले बताए ।

खाद्य मेलामा विद्यार्थीहरुले बनाएका खानाका विभिन्न परिकारहरु प्रर्दशन गरिएको थियो । उक्त परिकारहरु विद्यालयका शिक्षक, विद्यार्थी लगायत अन्य उपस्थित सरोकारवाला व्यक्तिहरुले खरिद गरेर भोजन गरेका थिए । विद्यार्थीहरुले बनाएको खानाका परिकार स्वादिष्ट रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी ढकाल लगायतको सहभागिता रहेको थियो ।