एमसीसी पास गर्ने, गठबन्धनको समझदारी

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७८

काठमाडौं । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन एमसीसी पारित पनि गर्ने समझदारी बनेको छ ।

सत्तारुढ नेकपा ९माओवादी केन्द्र० र एकीकृत समाजवादी पार्टीले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा बनेको छ ।