
धादिङ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघीय सांसद खेम लोहनीले धादिङको खनियाबास गाउँपालिकामा एमाले कमजोर रहेको बताएका छन् ।
एमाले खनियाबासको सपथ ग्रहण तथा पहिलो बैठकका प्रमुख अतिथि समेत रहेका लोहनीले जिल्लाको अन्य पालिकाको तुलनमा खनीयवासमा एमाले निकै कमजोर रहेको बताएका हुन् ।
खनीयबासमा चुनाव एमाले नै जित्नु पर्छ, जनताका घर घर पुग्न र टोल टोलमा संगठन बनाई खनीयबास एमालेमय बनाउन लोहनीले कार्यकर्तालाई दिर्नेशन पनि दिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले बाग्मती प्रदेश पार्टी कमिटिका सदस्य मंगल तामाङ, नेपाल कम्युनिष्ट पार्टी एमाले खनियाबास गाउपालिकाका अध्यक्ष पन्त तामाङ र नेपाल कम्युनिष्ट पार्टी एमाले खनियाबास गाउपालिका युवा नेताहरुको सहभागीता रहेको थियो ।