
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा बिहिबार दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा गरिएको ६ एण्टीजेन परिक्षणमा गजुरी गाउँपालिकाका २ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
जिल्लामा हाल सक्रिय संक्रमित ३० जना बाँकी रहेका छन् ।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ । संक्रमित मध्ये ९ हजार ३९८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् ।