सिद्धलेकमा फागुन १७ गते रोडिज खेल सहित यसरी मनाईदै छ, महाशिवरात्री

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७८

धादिङ । हरेक वर्ष महाशिवरात्रीको दिन सिद्धलेकमा मेला लाग्ने गर्छ । गत वर्ष सिद्धलेक महोत्सव गरि सिद्धलेकमा महाशिवरात्री मनाईएको थियो भने यो पटक फागुन १७ गते रोडिज खेल सहित बृहत साँस्कृतिक कार्यक्रम गरि महाशिवरात्री मनाईने भएको छ ।

सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजनामा हुनलागेको दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु खेम सेन्चुरि, रविन लामिछाने, रिता रावत, विन्दा परियार, चिज गुरुङ र सुप्रिम मल्ल र अस्मिता डल्लकोटी आउने बताईएको छ ।

ढेवाडाँडा समाजका तिलक गुरुङले धादिङपोष्टलाई जनाए अनुसार उक्त दिन युवा पुस्तामा लोकप्रिय हुँदै गएको रोडिज खेल समन श्रेष्ठले देखाउने छन् भने उक्त दिन रक्तदानको कायक्रम समेत राखिएको छ ।

धादिङका साविकाका ५० गाविस मध्य सल्यानटार बाहेकका ४९ वटा गाविस देखिने  १५२५ मि. अग्लो सिद्धलेकबाट उत्तरी गोरखा, मकवानपुर, नुवाकोट, काठमाडौंको थानकोट समेत देख्न सकिने सम्भावित पर्यटकीय क्षेत्र हो ।