
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने १ लाख १० हजार जनाको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिने सबैको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो ।
सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ ।
आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदैछ । जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी ९काज, स्थायी र करारसमेत० पर्छन् ।
त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ । ९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ ।
जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ ।