धादिङमा १ लाख भन्दा बढी भेंडा बाख्रालाई खोप लगाईयो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ९, २०७८

धादिङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धादिङले धादिङ जिल्लाभर १ लाख ५ हजार भन्दा बढी भेंडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाईएको जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशको सहयोगमा जिल्लाका १३ वटै स्थानीय तहहरुमा खोप अभियान संचालन गरी १ लाख ५ हजार भन्दा बढी भेंडा बाख्रालाई खोप लगाईएको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धादिङले जनाएको हो ।

पालिकाले पठाएको विवरण अनुसार धादिङमा हाल २ लाख ९७ हजार ७११ वटा भेडा, बाख्रा रहे पनि प्रदेशले १ लाख ७ हजार डोज खोप पठाएको र २ हजार स्टक राखेर अन्य खोप सबै लगाईएको र केहि पालिकाहरुले खोप अपुग भएपछि आफैले खोप खरिद गरि लगाएको समेत केन्द्र धादिङले जनायो ।

कुन गाउँपालिकामा कति भेंडा बख्रालाई लगाईयो खोप
१. नीलकण्ठ- बाख्रा संख्या ५१,१०८, खोप संख्या १५,०००
२. धुनीबेसी- बाख्रा संख्या ३०,०००, खोप संख्या ८,०००
३. ज्वालामुखी- बाख्रा संख्या २५,१८३, खोप संख्या १०,५००
४. गजुरी- बाख्रा संख्या………., खोप संख्या १०,०००
५. थाक्रे- बाख्रा संख्या २५,०००, खोप संख्या ९,०००
६. बेनीघाट रोराङ- बाख्रा संख्या १५,०००, खोप संख्या ३,५००
७. त्रिपुरासुन्दरी- बाख्रा संख्या ३६,९६०, खोप संख्या ८,०००
८. गल्छी- बाख्रा संख्या ३७,९९०, खोप संख्या १०,०००
९. सिद्धलेक- बाख्रा संख्या २२,५००, खोप संख्या १०,०००
१०. गंगाजमुना- बाख्रा संख्या १७,२५०, खोप संख्या ५,०००
११. नेत्रावती डवजोङ- बाख्रा संख्या २१,२००, खोप संख्या ५,०००
१२. खनीयाबास- बाख्रा संख्या १५,५२०, खोप संख्या ५,०००
१३. रुबीभ्याली- बाख्रा संख्या…….. खोप संख्या ६,०००

भेंडा, बाख्रामा देखिने पीपीआर रोगका लक्षणहरु
पीपीआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्ने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो । यसको रोकथामका लागि पीपीआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ । धादिङपोष्टका लागि तस्वीर सौजन्य सुवास खतिवडा