
काठमाडौं । एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि प्रहरीले गोली पनि चलाएको हो । प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र नागरिकहरू सहभागी रहेका छन् ।