धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा आज ४ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना डिस्चार्ज भएका छन् ।
आईतबार जिल्लामा गरीएको ७ एन्टीजेन परिक्षणमा त्रिपुरासुन्दरीमा २, ज्वालामुखी र गंगाजमुनामा १र१ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै आईतबार नै थप ८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।हाल कोरोना संक्रमण दर ५७ प्रतिशत रहेको छ।
जिल्लामा हाल सक्रिय संक्रमित ३३ जना बाँकी रहेका छन्।
संक्रमित मध्ये ३२ जना होम आइसोलेसनमा र १ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८५ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।