काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने सहमति गरेको छ । बैठकमा सभागी नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको जनाए ।
उनले भने,‘एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको छ, एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ।’
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ । उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।