धादिङमा ३ कोरोना संक्रमित थप, ३२ संक्रमण मुक्त

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७८

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टामा धादिङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ संक्रमित संक्रमणमुक्त भएका छन् ।

आज गरिएको ८ एन्टिजेन परीक्षण मध्ये गजुरी, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १÷१ जना गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको बताईएको छ ।

जिल्लामा अब सक्रिय संक्रमित ५६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ५४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) ३७ प्रतिशत रहेको छ ।

मंगलबार दुई संक्रमित थपिएका थिए । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४६५ पुगेको छ । संक्रमित मध्ये ९ हजार ३४८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् ।