पाँच दलद्धारा एमसीसी विरुद्ध नेपाल बन्दको घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०७८

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी फागुन ४ गते संसदमा टेबुल गर्ने तयारी गरे सँगै पाँच वामपन्थी पार्टीहरुले फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

आज बसेको पाँच वटै पार्टी र मोर्चाको संयुक्त बैठकले भोलि एमसीसी विरुद्ध नेपाल बन्दको निर्णय गरेको हो । यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गरिने देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले बताए ।

नेपाल बन्दको आयोजकमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चाले गरेको हो ।