धादिङ । खनीयाबास गाउँपालिका वडा नम्बर १ झर्लाङ निवासी ३५ वर्षीया ख्रीष्टमायाँ तामाङ विगत ६ महिना देखि मृगौला फेल भई पोखरामा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारत छिन् ।
उनी ख्रीष्टमायाँ तामाङलाई एमाले खनियाबासले ५४ हजार ९ सय ४० रुपैयाँ नगद सहयोग गरेको भोलीपल्ट (सोमबार) म्हेन्दोमाया गायक तथा गितकार संगीतकार सन्दिप स्याम्चेनको पहलमा इन्द्रेणी टिमले ३० हजार नगद सहयोग गरेको छ ।
इन्द्रेणी कार्यक्रमका चर्चित गायिका मनमाया बाईवाले उक्त चेक बिरामी ख्रीष्टमायाँ र उहाँको दाजुहरु राजेन्द्र तामाङ र राम प्रसाद तामाङलाई हस्तान्तरण गरेक थिईन् ।