
रुपन्देही । माओवादी र जसपाबाट जितेका रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् ।
माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकामा निर्वाचित प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेस गरेका हुन् ।
यस्तै मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित रोहिणी गाउँपालिकाकामा निर्वाचित प्रमुख सनोज कुमार यादव पनि एमालेमा प्रवेश गरेका छन् ।
उनीहरु सहित प्रवेस गरेका माओवादी र जसपाका कार्यकर्ताहरुलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीले स्वागत गरेका थिए ।